सामुहिक रुपमा तिज मनाउँदा आत्मियता बढ्छ: नेता अधिकारी
पाेखरा | भदौ २, २०८२
पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ ।
माझठाना पोखरा सम्पर्क समाजद्धारा आज पोखरामा आयोजित तिज विशेष एवम् विद्यार्थी सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले सस्थागत रुपमा तिज मनाउनदा मनाउँदा एक आपसमा आत्मियता अभिवृद्धि हुने बताउनुभयो ।
संस्कृति र संस्कारको माध्येमवाट धार्मिक एवम् पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा जोड दिंदै उहाँले समाज बढ्दै गएको विकृति र विसंगतिका विरुद्धमा एकतावद्ध भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा समाजमा आवद्ध सदस्यका छोराछोरी मध्येवाट एसइई २०८१ मा सर्वोत्कृष्ट अंक ल्याएर उत्ततिर्ण हुनु हुने पाँच जनालाई नगद सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष सारदा लामिछानेको अध्यक्षमा भएको कार्यक्रममा पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने,समाजका निवर्तमान अध्यक्ष भोलानाथ ओझा,सल्लाहकारव्दय डा निर्मल लामिछाने र डा. मानवहादुर केसी,सुर्यज्योती लाइफल इन्स्वरेन्स प्रालि गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद वराल,कार्यक्रम संयोजक सूर्यराज चपाई, विष्णुहरि तिवारी लगायतले समाजले खेल्दै आएको भूमिका माथि प्रकाश पार्नुभएको थियो ।
पोखरा: ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा विश्वकर्माले जितेका छन् । उनीहरुले विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्...
काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि मंगलबारसम्मका लागि लम्बिएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन भोलिसम्म चल्ने साथै नयाँ नेतृत्व चयनका लागि...
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको का...

