सामुहिक रुपमा तिज मनाउँदा आत्मियता बढ्छ: नेता अधिकारी

पाेखरा | भदौ २, २०८२

सामुहिक रुपमा तिज मनाउँदा आत्मियता बढ्छ: नेता अधिकारी

पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ ।


माझठाना पोखरा सम्पर्क समाजद्धारा आज पोखरामा आयोजित तिज विशेष एवम् विद्यार्थी सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले सस्थागत रुपमा तिज मनाउनदा  मनाउँदा एक आपसमा आत्मियता अभिवृद्धि हुने बताउनुभयो ।


संस्कृति र संस्कारको माध्येमवाट धार्मिक एवम् पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा जोड दिंदै उहाँले समाज बढ्दै गएको विकृति र विसंगतिका विरुद्धमा एकतावद्ध भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो ।


कार्यक्रममा समाजमा आवद्ध सदस्यका छोराछोरी मध्येवाट एसइई २०८१ मा सर्वोत्कृष्ट अंक ल्याएर उत्ततिर्ण हुनु हुने पाँच जनालाई नगद सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।


समाजका अध्यक्ष सारदा लामिछानेको अध्यक्षमा भएको कार्यक्रममा पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने,समाजका निवर्तमान अध्यक्ष भोलानाथ ओझा,सल्लाहकारव्दय डा निर्मल लामिछाने र डा. मानवहादुर केसी,सुर्यज्योती लाइफल इन्स्वरेन्स प्रालि गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद वराल,कार्यक्रम संयोजक सूर्यराज चपाई, विष्णुहरि तिवारी लगायतले समाजले खेल्दै आएको भूमिका माथि प्रकाश पार्नुभएको थियो ।
 
 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्